Like us!
Follow us!
Connect us!
Watch us!

आज सार्वजनिक बिदा : सेयर काराेबार नहुने

अर्थ संसार

विहीबार, १५ पुस २०७८, ०७ : ०५ मा प्रकाशित

आज सार्वजनिक बिदा : सेयर काराेबार नहुने

सरकारले तमु ल्होसारको अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ । 

आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेकाे छ । नेप्से ०.२२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीकाे ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको