Like us!
Follow us!
Connect us!
Watch us!

“बजार घट्दा आन्दोलित हुने लगानीकर्ताहरुको पुरानै रोग हो”

अर्थ संसार टक

आइतबार, २५ पुस २०७८, १६ : ०९ मा प्रकाशित

नेपाली सेयर बजारका लगानीकर्ताहरुले आत्याधिक रुचाउने पात्रहरुमध्य एक हुन्, हरी ढकाल। आफ्ना विचारहरुलाई स्पष्ट र प्रभावकारी रुपमा प्रस्तुत गर्ने ढकाललाइ धेरैले शालीन व्यक्तित्वका धनी व्यक्तिको रुपमा लिने गर्दछन।

कुनै बेला सेयर बजारको सुधारका मुद्दाहरुलाई लिएर लगानीकर्ता दबाब समूहको नेतृत्व गर्दै आन्दोलनमा होमिएका ढकाल अहिलेको प्रमुख आवश्यकता भनेको सबै लगानीकर्ता सङ्गठनहरु एकै ठाउँमा उभिनुलाई नै लिन्छन।  लगानीकर्ताहरु एकजुट हुँदा लगानीकर्ताहरुको माग सम्बन्धित ठाउँसम्म पुर्याउन सहज हुने भन्दै पछिल्लो समय लगानीकर्ता महासंघको अवधारणालाई केहि हदसम्म कार्यान्वयन गर्न सकिएकोमा खुसि व्यक्त गरेका छन।  

अर्थासंसार डट कमको कार्यक्रम अर्थसंसार टकमा कुरा गर्दै ढकालले धितोपत्र बोर्डको अध्यक्षको रुपमा भिष्म ढुंगानाको पुनर्नियुक्तिलाई लिएर सामाजिक संजालमा आफुले लेखेको कुराको लगानीकर्ताहरुले बिरोध गरेको प्रसंगमा बोल्दै भिष्म ढुंगाना आफ्नो दाई, काका, मामा कोही नभएको र कुनै व्यक्तिगत स्वार्थको लागि आफुले त्यो विचार व्यक्त नगरेको बताएका छन।

भिष्म ढुंगानाको बहिर्गमन पछि करिब ६ महिना अघिदेखि  धितोपत्र बोर्ड नेतृत्व विहिन बनेको अवस्थालाई लिएर आफुले सो विचार सामाजिक संजाल मार्फत व्यक्त गरेको पनि उनले बताए।  'यत्रो ठुलो कारोबार हुने बजारको नियामक निकाय नेतृत्व बिहिन हुनु हुदैन र छिटो धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति हुनुपर्छ भनेर हामी धेरै पटक अर्थ मत्रालय गयौं तर केहि हुन सकेको छैन।  नेतृत्व नै नहुनु भन्दा त बरु उनी नै भए पनि हुन्थ्यो भन्ने मेरो धारणा हो।  अब नयाँ आउने अध्यक्ष पनि राजनीतिक नियुक्ति बाटै आउने होला।  दुधले नुहाएका त आउंदैनन होला। थैली बुझाएर नै आउने होला। त्यसैले यदि अदालतले ढुंगानालाई सफाई दियो भने र उनि सच्चिएर आए भने यो उनको लागि पनि आफुले आफुलाई प्रमाणित गर्ने अवसर हुन्छ र उनीसंग अनुभव पनि छ।' उनले थपे।  

पछिल्लो समय राजनीतिक नेतृत्वबाट सेयर बजार प्रति आएका नकारात्मक धारणाहरु प्रति इंकित गर्दै उनी भन्छन, 'राजनीतिक नेतृत्वलाई खासै सेयर बजारको ज्ञान नै छैन।  लगानीकर्ताहरुले राज्यलाई दिएका दिएकै छौं तर राज्यले हामीलाई केहि दिएन।  तर अब यो अवस्था रहदैन किनकि राजनीतिक नेतृत्वलाई पनि सेयर लगानीकर्ताहरुको आकार ठूलो भैसकेको कुरा राम्ररी थाहा छ।  आखिर भोटकै राजनीति न हो !' 

राजनीतिक नेतृत्वलाई सल्लाह दिने र नीति निर्माण गर्ने कर्मचारी वर्गलाई सेयर बजारको राम्रै ज्ञान भए पनि लगानीकर्ताहरुले सेयरबाट कमाउदा उनीहरुले केहि नपाउने भएकाले उनीहरु इर्ष्याले जल्ने गरेको बताउंदै ढकाल भन्छन,'ठेक्कापट्टा वा अन्य कुनै कुरा भए कर्मचारीलाई पनि कमिसन आउंथ्यो , यसमा आउदैन, त्यसैले उनीहरु पनि जल्ने गरेका छन।'  

बजार घट्दा आन्दोलनमा जाने लगानीकर्ताहरु बजार बढेको बेला बजार सुधारको कुरा किन बिर्सिन्छन होला भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै ढकाल भन्छन, ' यो लगानीकर्ताहरुको पुरानो रोग हो।  घट्न थाल्यो भने आक्रोशित भैहाल्ने, २/५ दिन हरियो भयो भने चुप लागेर बस्ने। नेपालका लगानीकर्ताहरु जति अधैर्य लगानीकर्ता मैले कतै देखेको छैन। '

बजारमा आउने नयाँ लगानीकर्ताहरुलाई उनले ट्रेडर बनेर नभई लगानीकर्ता बनेर आउन पनि सुझाव दिए। बजारमा ट्रेडर बनेर कमाउन धेरै ज्ञान र अनुभवको आवश्यकता पर्ने बताउँदै उनले ३२०० को इन्डेक्स नेपालको सेयर बजारको लागि निकै कम भएको भन्दै सेयर बजार आउने दिनहरुमा निकै माथि जाने पनि बताएका छन।  बजारमा अब पहिलेको जस्तो ४३ महिनाको वियरिस ट्रेन्ड र ४ बर्षको बुलिश ट्रेन्ड भन्ने पनि नरहने उनको धारणा छ।  बजारमा सहभागिता धेरै बढिसकेको छ अब पहिलेको ट्रेन्डमा बजार चल्दैन।

लगानीकर्ता हरी ढकालसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको