Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा

अर्थ संसार

विहीबार, २९ पुस २०७८, ०८ : ०९ मा प्रकाशित

नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा

नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियरतर्फ विश्ववरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।  पछिल्लो पटक विश्व ब्याडमिन्टन महासंघले जारी गरेको बरियतामा प्रिन्स तेस्रो स्थानमा थिए । तर, उनीभन्दामाथि रहेका दुई खेलाडी सिनियरमा बढुवा भएपछि प्रिन्स विश्व नम्बर एक बनेका हुन् । 

नेपाल बरियताको नवौं स्थानका प्रिन्स जुनियरतर्फ एक नम्बर हुन् । कुनै पनि नेपाली खेलाडीले जुनियर बरियतामा हासिल गरेको यो सबैभन्दा माथिल्लो स्थान हो । 

उमेर समूहमा नेपालका लागि ब्याडमिन्टनको पहिलो स्वर्ण जितेका प्रिन्स सिनियर बरियताको भने ४ सय ४५औं स्थानमा छन् ।

हालै विश्व नम्बर एक बनेका प्रिन्सको १० हजार ४ सय अंक छ भने दोस्रो स्थानका मलेसियन खेलाडी हो जस्टिनको ९ हजार ५ सय ९० अंक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको