Like us!
Follow us!
Connect us!
Watch us!

जलन पीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, १९ : ३६ मा प्रकाशित

जलन पीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

न्यून र मध्यम आयश्रोत भएका देशहरूमा जलन वा पोल्ने एउटा प्रमुख स्वास्थ्य समस्या हो । त्यसैगरी नेपालमा यसको उपचारमा चिकित्सकहरु र विशेषज्ञताको कमिका कारण धेरै समस्या आइपर्ने गर्छ । यस समस्यालाई मध्यनजर राखी नेपालमा उच्च गुणस्तर र कमला गतमा जलन पीडितको उपचारका लागि काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल सन् १९९७ मा स्थापना भएको हो ।

देशको सामाजिक र आर्थिक कल्याणमा योगदान दिने कदमहरु चाल्दै आएको पाल्पा सिमेन्ट प्रा. लि. ले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । जलन पिडित बालबालिकाको लागि सानो केहि सहयोग गर्न पाएकोमा पाल्पा सिमेन्ट प्रा. लि. ले खुशी व्यक्त गरेको छ । साथै, आउदा दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुलाई सुचारु गर्दै लैजाने पाल्पा सिमेन्ट ले जनाएको छ ।
 

61e181dcb19d5.jpeg 61e181dcde898.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको