Like us!
Follow us!
Connect us!
Watch us!

कपिलको बायोपिकमा को बन्ला कपिल शर्मा ?

अर्थ संसार

शनिबार, ०१ माघ २०७८, ०८ : ५७ मा प्रकाशित

कपिलको बायोपिकमा को बन्ला कपिल शर्मा ?

सोनी टेलिभिजनको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । जसको नाम ‘फनकार’ राखिएको छ । माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो ।

फिल्मको निर्देशन ‘फुकरे’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ । फिल्मको कलाकारको टुंगो टुंगो लागिसकेको छैन । कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन् । स्टेण्ड अप कमेडी शो सुरुवात गर्ने कपिल आफ्नो नामको शो सुरु गर्नुअघि कैयौं कमेडी रियालिटी शोको हिस्सा बनेका थिए ।

कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए । जसको निर्देशन अब्बास मस्तानले गरेका थिए । यिनै कपिल डिजिटल प्लेटफर्ममा आफ्नो शो ‘कपिल शर्मा- आई एम नट डन येट’ लिएर आउँदैछन् । जसमा उनले आफ्नो किस्सा र कथा सुनाएर दर्शक हँसाउनेछन् । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको