Like us!
Follow us!
Connect us!
Watch us!

बाँदर नियन्त्रणका लागि स्पष्ट कार्ययोजना तयार पार्न कृषिमन्त्रीको निर्देशन

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, ११ : ०४ मा प्रकाशित

बाँदर नियन्त्रणका लागि स्पष्ट कार्ययोजना तयार पार्न कृषिमन्त्रीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले बाँदरको आतङ्क नियन्त्रण गर्नका लागि स्पष्ट कार्ययोजना बनाउन मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यदल (टास्क फोर्स) लाई निर्देशन दिएकी छन्। कार्यदलले बुझाएको अन्तरिम प्रतिवेदन बुझ्दै उनले यस्तो निर्देशन दिएकी हुन्।

देशभर बाँदरका कारण किसानले ठूलो सास्ती खेप्नुपरेको उल्लेख गर्दै मन्त्री चौधरीले यसको दीर्घकालीन र व्यवहारिक समाधान निकाल्न सरकार प्रतिवद्ध रहेको बताइन्। बाँदरले बालीनाली नष्ट गर्दा किसानहरू विस्थापित हुने र कृषि उत्पादनमै असर परेको भन्दै उनले यसलाई वन्यजन्तु संरक्षणको पाटोबाट मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षाको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्नेमा जोड दिइन्।

उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी वैज्ञानिक, कानुनी र व्यवहारिक उपायसहितको कार्ययोजना तयार पार्न भनेकी छन्। यसका लागि स्थानीय तह, विज्ञ, सरोकारवाला निकाय र स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्न उनले निर्देशन दिइन्। सो अवसरमा टास्क फोर्सले बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति घटाउने, राहत तथा क्षतिपूर्ति प्रणाली सुधार्ने, जनचेतना फैलाउने र दीर्घकालीन व्यवस्थापन गर्नेबारे विभिन्न सुझावहरू प्रस्तुत गरेको थियो।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको