Like us!
Follow us!
Connect us!
Watch us!

कतिमा भयो बुद्धभुमि नेपाल हाइड्रोपावरको पहिलो कारोबार ?

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, ११ : ४१ मा प्रकाशित

कतिमा भयो बुद्धभुमि नेपाल हाइड्रोपावरको पहिलो कारोबार ?

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (माघ ४ गते, मंगलबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसा कारोबार भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीको सेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको हो जसअनुसार माघ ३ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो । तर, उक्त दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन। त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो।

माघ २ गते, आइतबार कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे। कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BNHC सिम्बाेल प्राप्त गरेकाे थियाे । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।

उक्त आईपीओ असाेज २२ गते, शुक्रबार गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको  जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र याेग्य आवेदक थिए ।  गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको