Like us!
Follow us!
Connect us!
Watch us!

र्मिमिरे र बुद्धज्योती लघुवित्तले भदौ १५ गतेबाट एकिकृत कारोबार गर्ने

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ०७ : ५६ मा प्रकाशित

र्मिमिरे र बुद्धज्योती लघुवित्तले भदौ १५ गतेबाट एकिकृत कारोबार गर्ने

र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योजी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते, बुधबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भदौ ६ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुवै कम्पनीको गत असार ३१ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि भदौ ९ गते स्वीकृती प्रदान गरेको छ ।

प्राप्ति पश्चात अब र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार  हुनेछ । प्राप्ति पश्चात् संस्थाको रजिष्ट्रार कार्यालय बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला स्थित बनेपा नगरपालिका वडा नं ८ मा रहनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

63082c0835981.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको