Like us!
Follow us!
Connect us!
Watch us!

ल्याप्रोस्कोपीक सर्जरीका लागि एभरेष्ट अस्पताल किन राेज्ने ?

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, १३ : ५४ मा प्रकाशित

ल्याप्रोस्कोपीक सर्जरीका लागि एभरेष्ट अस्पताल किन राेज्ने ?

पेटमा स–साना घाउ बनाइ दूरविनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपीक भनिन्छ । अहिले पछिल्लो समय हेर्ने हो भने ल्याप्रेस्कोपीक विधी बिरामीको पहिलो रोजाईमा परेको छ ।  शल्यक्रिया गर्नुपर्ने ८५-९५ प्रतिशत बिरामीले यो विधी नै धेरै रोज्ने गरेको एभरेष्ट अस्पतालका सञ्चालक दिपक चन्द्र बरालले बताए । 

दुर्विनबाट शल्यक्रिया गरिने भएकोले छिटो छरितो र त्यति धेरै महँगो पनि नहुने भएकोले ल्याप्रोस्कोपी विधि सबैको रोजाईको परेको एभरेष्ट अस्पतालका स्त्री रोग तथा निशन्तान रोग विशेषज्ञ डा. राजन शाह बताउँछन् ।

शल्यक्रिया गर्दा बिरामीलाई दुखाईको महशुस एकदमै कम हुने,  बिरामीको शरिरबाट रगत एकदमै कम खेर जाने, घाउ स सानो हुने भएकाले चाडै निको हुने र घाउ पाक्ने सम्भावना धेरै नै कम हुने, सल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी हिड्डुल गर्न सक्ने, अस्पतालको बसाई एकदमै कम छोटो हुने र चाँडै डिस्चार्ज हुने भएकाले ९५ प्रतिशत बिरामीको रोजाईमा ल्याप्रोस्कोपी विधी पर्ने गरेको डा. शाहले बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा डा. राजन शाह र उनको नेतृत्वको टोलीले माहिला रोग सम्बन्धी सम्पूर्ण शल्यक्रियाहरु दुर्विन मार्फत (हिस्टेरेस्कोपीक र ल्याप्रोस्कोपीक) विधीबाट गदै आएका छन् । गएको भाद्र महिनादेखि ल्याप्रोसकपी सर्जरीबाट यहाँ शल्याक्रिया गदै आइएको छ । सुरुवाती चरणमा हप्तामा २ देखि ३ वटा मात्र यो विधीबाट शल्यक्रिया हुने गरेको अस्पतालको भनाइ छ । र पछिल्लो समय यो विधीबाट शल्यक्रिया गर्ने बिरामी बढेसँगै अहिले हप्तामा २० देखि २५ भन्दा बढीले ल्याप्रोस्कोपीक विधीबाट शल्यक्रिया हुने गरेको छ । 

अस्पतालले दिएको तथ्याङ्क अनुसार गएको पध्र दिनमा मात्र ४० भन्दा बढीले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गराएका थिए । अस्पतलामा डा. राजन शाह र उनको नेतृत्वको पाचँ चिकित्सकको टोलीले ल्याप्रोस्कोपीक विधीबाट शल्यक्रिया गर्दै आएको डा. शाहले जानकारी दिएका छन् ।   

एभरेष्ट अस्पतालका सञ्चालक दिपक चन्द्र बरालले नेपाली नागरिकले आफ्नै देशमा ल्याप्रोस्कोपी प्रविधिमार्फत सर्जरी गर्न सकुन् भन्ने उदेश्यले विश्वस्तरीय ल्याप्रोस्कोपीक तथा हिस्टोस्कोपीक ससमाग्रीहरु यहाँ ल्याइएको बताए । 

सञ्चालक बरालका अनुसार एभरेष्ट अस्पतालमा पूर्वदेखि पश्चिमका जिल्लाहरुबाट आएर ल्याप्रोस्कोपी सर्जरी गराउँछन् । पूर्वका उदयपुर, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङदेखि लिएर पश्चिमका बैतडि, डडेल्धुरा, डोटि, कर्णाली हुदै नेपालको अधिकाशं जिल्लाबाट बिरामीहरु आएर उपचार गराइ रहेका छन् । 

अधिकांश नारीहरुमा आफ्नो समस्या भएता पनि उपचार गर्ने प्रविधि बारेमा अनभिज्ञता नै छन । यस्तो प्रविधिको जानकार नभएकै कारण कयौं नारिहरुले चिरफार विधीबाटै शल्यक्रिया गराईरहेका हुन्छन । यो प्रविधिबाट शल्यक्रिया गराउदाँ कति सुरक्षित छ ? भन्ने कतिपयको प्रश्नको विषय पनि रहेको छ । 

यस प्रश्न माथि एभरेष्ट अस्पतालका डा. राजन शाहको भनाइ यस्तो रहन्छ पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दाे माध्यमको रुपमा छ  । शल्यक्रिया गर्नुपर्ने अङ्गमाथि प्वाल बनाएर क्यामरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ । डा. शाहका अनुसार शल्यक्रिया गर्ने अङ्गमाथि एक सेन्टिमिटर प्वाल बनाई क्यामेरा राखिन्छ । पेटभित्र भएका अङ्गमा शल्यक्रिया गर्दा त्यहाँ राखिएको क्यामेरा सबैतिर घुमाएर अङ्गको अवस्था हेरिन्छ । अप्रेसन गर्ने अङ्गको माथि आधा सेन्टिमिटरका दुईवटा प्वाल पारी मेसिन छिराएर औजारको प्रयोगले शल्यक्रिया गर्ने गरिन्छ । 

उच्च गुणस्तरको क्यामेराको सहायताबाट आखाँले देखिनेभन्दा ठुलो र स्प्रस्ट दृश्य मोनिटरमा हेरेर शल्यक्रिया गरिने भएको कारण यो प्रविधि सहज र विश्वसनीय रहेको बताउँछन् । 

ल्याप्रोस्कोपीको माध्यमबाट पछिल्लो समय नेपालमा धेरै किसिमका रोगको उपचार गरिन्छ । डा. शाहकाअनुसार अनुसार ल्याप्रोस्कोपिक विधिबाट अस्पतालले स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको