Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, ०७ : २३ मा प्रकाशित

छुट्ला है ! जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम माैका

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २५ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

हिजाे साेमबार दिउँसाे ४:५० बजेसम्ममा २२ लाख २६ हजार ९६९ जना आवेदकहरूले २ करोड ७४ लाख १२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनकाे संख्या सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५६.१८ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेराे सेयरबाट पनि आईपीओ भर्न सकिन्छ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको  सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।  संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई  साधारण सेयर निष्कासन  गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ । 

आईपीओको बारेमा सम्पूर्ण जानकारी थाहा पाउन जाल्पा सामुदायिक लघुवित्तकी सीईओ बिमला योगीसँग गरिएको भिडियो कुराकानी हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको