Like us!
Follow us!
Connect us!
Watch us!

हाइग्राउण्डको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री

अर्थ संसार

शुक्रबार, २८ माघ २०७८, १० : ३८ मा प्रकाशित

हाइग्राउण्डको भ्यालेन्टाइन अफर, कपल बन्जी गर्दा कपल स्विङ फ्री

नेपालकै पहिलो जिपलाइन, नेपालकै पहिलो टवर बन्जी र नेपालकै पहिलो जायन्ट स्विङको सञ्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्स नेपालले 'भ्यालेन्टाइन्स डे'लाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ नि:शुल्क खेल्न पाउनेछन् ।

नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी सुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडिको रोजाइको गन्तव्य बन्ने गरेको छ ।

हाइग्राउडले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोला बाट २ सय ६२ फिट माथी ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने ब्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकै पटक बसेर खेल्न मिल्छ । 

परिवार र साथीहरु सँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङको फ्री फल ३ सेकेन्ड रहेको छ । स्विङ खेल अवधी ३ मिनेटको हुन्छ । स्विङको शुल्क २ हजार प्रती व्यक्ति र फोटो भिडियो टिसर्टको बाह्र सय रहेको छ ।

जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत  सुरुवात गरेको छ । 

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको यस हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो ।  

समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा 'बिश्वकै भिरालो जिपलाइन'का रुपमा दर्ता गर्न आवेदन दिइएको कम्पनीले बताएको छ ।

विश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको