Like us!
Follow us!
Connect us!
Watch us!

भ्यालेन्टाइन डेमा दिनुहोस ग्लोबल आइएमइ बैंकको ‘मेरी उनीलाई’ उपहार

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, ०८ : २२ मा प्रकाशित

भ्यालेन्टाइन डेमा दिनुहोस ग्लोबल आइएमइ बैंकको  ‘मेरी उनीलाई’ उपहार

आज भ्यालेन्टाइन डे । आफ्नी प्रेयसीलाई के उपहार दिने भनेर सोचिरहनु भएको होला । आफ्नी प्रेयसीलाई उपहार दिने उपयुक्त योजना ल्याएको छ ग्लोबल आइएमई बैंकले ।

महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ल्याएको योजनामा ‘मेरी उनीलाई’ खाता खोलि दिएर बचत गरि दिन सकिन्छ । बैंकले ‘मेरी उनीलाई’ मुद्दति खाता योजनासमेत सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।

बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रियजनहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन ।

‘मेरी उनीलाई’ योजनामा बैंकले महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पुर्याउने बैंकले जनाएको छ । बैंकको ‘मेरी उनीलाई’ मुद्दति योजनामा बैंकले अधिकतम ब्याज दिनेछ। यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकताअनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ । बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शत प्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाखभन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यस योजनाअन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्ग शुल्कमा शत प्रतिशत छुट पाउने छन् । भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ । यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने बैंकको दावी रहेको छ ।

ग्लोबल आइएमई बैंकले महिलालाई प्रोत्साहन गर्न यस्ता योजना ल्याएको हो । तपाइँ पनि आफ्नी प्रियतमालाई ग्लोबल आइएमइ बैंकको ‘मेरी उनीलाई’ योजना उपहार दिने कि ? माया पनि प्रगाढ हुने, आफ्नी प्रियतमालाई दिएको उपहार दिगो पनि हुने ।

भ्यालेन्टाइन डेको अबसरमा किनमेल गर्दा क्यासब्याक पनि पाइने । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको