Like us!
Follow us!
Connect us!
Watch us!

तरलताको संकट देखाउँदै वृद्धि गरिएको ब्याजदर पुनरावलोकन गर्न इन्भेष्टर्स फोरमको आग्रह

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, १४ : ४३ मा प्रकाशित

तरलताको संकट देखाउँदै वृद्धि गरिएको ब्याजदर पुनरावलोकन गर्न इन्भेष्टर्स फोरमको आग्रह

नेपाल इन्भेष्टर्स फोरमले तरलताको संकट देखाउँदै अत्याधिक वृद्धि गरिएको ब्याजदर पुनरावलोकन गर्न आग्रह गरेकाे छ ।

फाेरमले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै लगानीकर्ताकाे भावना र मर्म विपरित एकतर्फी रूपमा तरलताकाे संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक बद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न सम्बन्धित निकायसँग अनुराेध गरेकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ, "पूँजी बजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरम सम्बन्धित निकायसँग अनुरोध गर्दछौं ।"

आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजी बजार भएको हुनाले पूँजी बजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढी गम्भीर हुन र यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरू संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्न पनि फाेरमले विज्ञप्ति मार्फत् अनुराेध गरेकाे छ ।

फाेरमले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको