Like us!
Follow us!
Connect us!
Watch us!

साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो 'पठाओ लोकल'

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १४ : ४४ मा प्रकाशित

साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो 'पठाओ लोकल'

साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले 'पठाओ लोकल' सुरु गरेको छ ।

शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो व्यवसाय आधिकारीक दर्ता गरेको हुनु पर्ने पठाओको प्रबक्ता सुरक्षा हमालले बताइन् ।

हाल खाजा डेलिवरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २ सय ५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले व्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन् ।

पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र ब्यापार गर्दै आएका ब्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ ।

पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१ - ५९७००९९ मा सम्पर्क गरि यस बारे जानकारी लिन र दर्ता गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको