Like us!
Follow us!
Connect us!
Watch us!

रेस्टुरेन्टमा फस्टाएको छ ‘मिनिरल वाटर’ बेच्ने ठगी धन्दा

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, ०७ : ३० मा प्रकाशित

रेस्टुरेन्टमा फस्टाएको छ ‘मिनिरल वाटर’ बेच्ने ठगी धन्दा

‘पानी पिउनुहुन्छ ?’ यो वाक्य नेपाली संस्कार र एकअर्कासँगको भलाकुसारी गर्ने सहज माध्यम पनि हो । गाउँघरमा यो संस्कार अझैसम्म छ । जसमा आफ्नो पनसँगै नेपाली संस्कार पनि झल्किन्छ । आज-भोली शहरहरुमा खानेपानीको नाममा ठगी धन्दा भइरहेको छ । अझ काठमाडौँ शहरमा यो धन्दा निकै फष्टाएको छ । 

एउटा समय थियो रेस्टुरेन्टमा जाने बित्तिकै त्यहाँ सुरुमा ग्राहकलाई सुरुमा पानी खुवाएर स्वागत गर्ने चलन थियो। तर विगतका केहि वर्ष देखि भने पानी खुवाउने भन्दा पनि पानीको व्यापार गर्ने धन्दा चलेको छ। प्राय जस्तो सबै  रेस्टुरेन्टको टेबलमा पानीको बोतल राखिएको हुन्छ त्यो पनि ब्रान्डिङ सहितको।  

तर यो पानीको डिजाइनिङ गर्नुको कारण भने ब्रान्डिङ भन्दा नि पानीको धन्दा नै गर्न खोजेको देखिन्छ। 

पक्कै तपाईँहरुले मिनिरल वाटर त किन्नुभएकै होला ? सहरहरुमा खुलेका रेस्टुरेन्टहरुमा एउटा मिनिरल वाटरको मूल्य ३० रुपैयाँदेखि माथिको हुन्छ । के तपाईँलाई थाहा छ ? रेस्टुरेन्टले किन्दा एउटा बोटलको मूल्य कति लिन्छ ?

कुनैपनि पानी सप्लायर्स कम्पनीबाट रेस्टुरेन्टले मिनिरल वाटर खरिद गर्दा थोरैमा ८ रुपैयाँ र धेरैमा १२ रुपैयाँ पर्छ । यो कम्पनी अनुसार फरक–फरक हुन्छ । कुनै ग्राहकहरुले मिनिरल वाटर किन्दा ३० देखि माथि ६० ७० रुपैयाँ नि पर्ने पर्छ जुन रेस्टुरेन्ट पिच्छे फरक मूल्य तिर्नुपर्छ । अझै तारे होटलहरुमा त एउटा मिनिरल वाटरको मूल्य ३०० सम्म पर्छ । 

यसरी पानिमा समेत ठगी धन्दा हुन्छ, यो शहरमा !  यसरी खुलेआम लुट चलिरहदा सरकार के हेरेर बसेको छ ? उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनैपनि सामानको म्याक्सिमम मिटर प्राइज तोकिएको हुन्छ । विभागले मूल्य विश्लेषण गरेर तोकिएको कुनैपनि उपभोग्य वस्तुहरुको एमआरपी तोकिएको हुन्छ । तोकिएको एमआरपी भन्दा बाहिर गएर बिक्रि गर्न मिल्दैन । यदि बिक्रि गरेको खण्डमा कारबाही छ । विभागका अनुसार कसुर अनुसार ३ लाखसम्म जरिवाना हुनसक्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको