Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट ३० फण्डकाे सेयर लगानी बढ्दा न्याभ के भयाे ?

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, १२ : १८ मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट ३० फण्डकाे सेयर लगानी बढ्दा न्याभ के भयाे ?

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड)' नामक सामुहिक लगानी कोष ले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ २४ पैसा नै यथावत छ । पाैष मसान्तसम्ममा पनि फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ २४ पैसा नै रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा २६ करोड २६ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ८४ करोड २४ लाख रुपैयाँ छ । 

फण्डले प्रकाशन गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको