Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट-३० फण्ड नेप्सेमा सूचिकृत

नेप्से

आइतबार, १३ भदौ २०७८, ११ : १० मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट-३० फण्ड नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  ‘एनआईसी एशिया सेकेक्ट–३०' फण्ड सूचिकृत भएकाे छ ।स्टकका अनुसार फण्डकाे १२ कराेड ५० लाख इकाईहरू सूचिकृत भएकाे हाे । फण्डलाई दाेश्राे बजारमा काराेबार गर्न NICSF सिम्बाेल प्रदान गरिएकाे छ । 

एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नामक सामुहिक लगानी कोष बिक्री गरेकाे थियाे ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियाे । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियाे । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ कराेड रूपैयाँ बनाइएको थियाे । 

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612b1df3b8cdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको