Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिप्रति नेपाल चेम्वर अफ कमर्स असन्तुष्ट

सोमबार, २६ असार २०७४, १७ : २० मा प्रकाशित

मौद्रिक नीतिप्रति नेपाल चेम्वर अफ कमर्स असन्तुष्ट

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको मौद्रिक नीति २०७४/७५ प्रति नेपाल चेमबर अफ कमर्सले असन्तुष्टि जनाएको छ ।

मौद्रिक नीतिले नीजि क्षेत्रको सुझावलाई नसमेटेको प्रति असन्तुष्टि जनाएको हो । नेपाल चेम्वर अफ कमर्सले यवसायीहरुले यूजेन्स एल.सी. अन्तरगत आयात गर्ने मालवस्तुका हकमा नेपाल राष्ट्र बैंकबाट जारी भएको परिपत्रले अत्यन्त नकारात्मक प्रभाब परेको हुँंदा अविलम्व फिर्ता लिई साविक बमोजिम मालवस्तु आयात गर्न पाउने व्यवस्थाको लागि समेत माग गरेको छ ।

नेपाल चेम्वर अफ कमर्सले नेपाल राष्ट्र बैंकबाट हालै जारी भएको मौद्रिक नीतिलाई विगतकै मौद्रिक नीतिको निरन्तरताको रुपमा लिएको छ ।

विद्यमान परिस्थितिमा वैंकहरुको व्याजदर उच्च रहनुका साथै लगानीयोग्य तरलताको अभाब छ । बैंक तथा वितीय संस्थाहरुबाट व्यवसायीहरुले चाहे अनुरुपको कर्जा सुविधा पाउन सकिरहेका छैनन् ।

यस परिवेशमा नेपाल चेम्वर अफ कमर्सले मौद्रिक नीति जारी गर्नु भन्दा अगावै विस्तारित मौद्रिक नीतिको सुझाब प्रस्तुत गरेको थियो तर हालै जारी भएको मौद्रिक नीतिले निजी क्षेत्रको सुझाब समेट्न सकेको देखिएन प्रेस विज्ञप्तीमा उल्लेख छ । 

राज्यले परिलक्षित गरेको ७.२ को आर्थिक बृद्धि दर हासिल गर्न हाल जारी गरेको मौद्रिक नीति प्रभावकारी हुन सक्दैन ।

उच्च व्याजदर भएकाले लगानीको प्रबाह नवढने र लगानीको वातावरण नवन्दा, आर्थिक बृद्धिदर उच्च हुन सक्दैन । वितीय व्यवस्थापनको सुधार गर्न अन्य श्रोतबाट कोषको व्यवस्था गर्ने प्रयास गरिएको भए पनि प्रर्याप्त नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको