Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ! युद्धको कारण सम्भावित अर्थतन्त्र कोल्याप्स हुन नदिने के प्लान छ ?

डा. रविन्द्र पाण्डे

बुधबार, २५ फागुन २०७८, १२ : ५९ मा प्रकाशित

सरकार ! युद्धको कारण सम्भावित अर्थतन्त्र कोल्याप्स हुन नदिने के प्लान छ ?

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व समुदाय ठूलो तनावमा छ  । रुसलाई बिभिन्न तरिकाले नाकाबन्दी लगाउने भएपछि उसले पेट्रोलियम पदार्थको मुल्य ३०० डलर प्रति ब्यारेल पुग्ने भनेको छ यसको अर्थ पेट्रोल डिजेल तथा ग्यासमा हालको मुल्यको ३ गुणा बढ्न सक्छ । युक्रेनबाट आउने खानेतेलका बियाँ तथा गहुँ रोकिएकोले भान्साको खर्च बढ्दै जानेछ, अहिले नै आयल निगमलाई प्रति महिना ५ अर्ब घाटा भनिएको छ्र इन्धनमा सहुलियत दिंदा यो घाटा बढ्दै जानेछ । व्यक्तिगत तथा सरकारी खर्चको ठूलो भाग इन्धनमा खर्च हुँदा सरकारी ढुकुटी केहि महिनामै रित्तो हुने सम्भावना छ ।

डोजरे बिकास, भ्रष्टाचार, तिनै तहका हजारौं जनप्रतिनिधिको विलासी जीवन तथा बिकासको ठोस मोडेल नहुनुको करण जनताको कर दुरुपयोग भएको छ । यो अवस्थामा युद्धले पार्ने असर कम गर्न सरकारको तयारी देखिएको छैन राम्रोसंग तयारी नगर्ने हो भने श्रीलंकाको हालत हामीले भोग्नुपर्ने हुन्छ  एक झोला पैसा बोकेर एकछाक खानाको जोहो गर्नुपर्ने हुन्छ ।

यो अवस्था आउन नदिन भ्रष्ट्राचार, आर्थिक दुरुपयोग, कर छली लगायत अनियमितता कडा रुपमा बन्द गर्नुपर्दछ्र इन्धन खपत कम गर्ने रणनीति अहिलेदेखि बनाउनु पर्दछ्र । इन्डक्सन चुल्हो, विद्युतीय सवारीसाधनको ब्यापक आयात तथा तेल बालीको उत्पादनमा जोड दिनुपर्दछ । विद्युतीय सार्वजनिक साधनलाई प्राथमिकता दिनुपर्दछ ।

आर्थिक मन्दी र मुद्रास्फितिको कारण सेयर बजार र रियल स्टेट ब्यबसाय ठूलो संकटमा पर्नेछ यो अन्य देशमा देखिइसकेको छ ब्यापारीहरुले डलर र सुनमा लगानी बढाउने छन् जुन अनुत्पादक रुपमा स्टक रहनेछ यो तर्फ सरकारले मापदण्ड बनाउनु पर्दछ । कथंकदाचित युद्ध लम्बियो वा बहुपक्षीय भयो भने आम जनतालाई भोकमरीबाट बचाउन सरकारले कृषि अभियान संचालन अहिलेदेखि नै गर्नुपर्दछ । आयातलाई घटाउने र निर्यातलाई बढाउने कार्यक्रम ल्याउनु पर्दछ ।

भूकम्प, नाकाबन्दी, कोरोना महामारीभन्दा युद्धको असर धेरै ठूलो हुन्छ्र सम्भावित खराब स्थिति आंकलन गरेर सरकारले अबिलम्ब इन्धन तथा अन्य आबश्यक सामग्रीको ठूलो स्टक राख्नुपर्दछ । यसको लागि फटाफट भण्डारण क्षमता बढाउनु पर्दछ्र राजनीतिले मात्र हातमुख जोडिदैन । यो संकटमा सबै पक्ष मिलेर आआफ्नो ठाउँबाट रचनात्मक दवाव दिनु जरुरी छ ।

रविन्द्र समिरको फेसबुकबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको