Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको अवितरित हकप्रद सेयरको बोलपत्र आज खोलिदै

अर्थ संसार

सोमबार, ०८ मंसिर २०८२, ११ : ०७ मा प्रकाशित

रिभर फल्स पावरको अवितरित हकप्रद सेयरको बोलपत्र आज खोलिदै

रिभर फल्स पावर लिमिटेडले अवितरित हकप्रद सेयरका शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले उक्त शिलबन्दी आज (सोमबार) दिउसो १ बजे खोल्ने भएको हो । 

उक्त सिबलन्दी बोलपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयमा बोलपत्र खोल्ने कार्यक्रम तय गरिएको छ । कम्पनीले कार्तिक २६ गतेदेखि मङ्सिर ३ गतेसम्म अवितरित १० लाख ३८ हजार ९ सय २४ कित्ता हकप्रद सेयर लिलामीमा खुला गरेको थियो। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सोभन्दा माथिको मूल्य कबुल गरी आवेदन दिनुपर्ने व्यवस्था कम्पनीले गरेको थियो। सबैभन्दा उच्च मूल्य कबुल गर्ने आवेदकले प्राथमिकता अनुसार सेयर प्राप्त गर्नेछन्, र बाँकी सेयर रहेमा क्रमशः दोस्रो उच्च मूल्य कबुल गर्नेहरूलाई बाँडफाँड गरिनेछ । यही प्रक्रियाबाट शेयर सकिने गरी वितरण हुने जनाइएको छ ।

यसअघि रिभर फल्स पावरले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः१ को अनुपातमा हाल कायम चुक्ता पूँजी बराबरको ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सो अवधिमा ७६ हजार ५ सय १७ जना आवेदकले नियमित रूपमा आवेदन दिएकोमा ५९ लाख ६१ हजार ०७६ कित्ता सेयर मात्र वितरण भएको थियो । बाँकीबचतका १० लाख ३८ हजार ९ सय २४ कित्ता सेयर नै अहिले लिलामीमा बिक्री भइ आज बोलपत्र खोलिँदै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको