Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको पहिलो त्रैमासमा १९.७६ करोड नाफा, निक्षेप ६३ अर्ब नाघ्यो

अर्थ संसार

शनिबार, १५ कार्तिक २०८२, १७ : १० मा प्रकाशित

कामना सेवा विकास बैंकको पहिलो त्रैमासमा १९.७६ करोड नाफा, निक्षेप ६३ अर्ब नाघ्यो

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिसम्म १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, यस अवधिमा बैंकले आफ्नो वित्तीय सूचकहरूलाई सन्तुलित रूपमा विस्तार गर्न सफल भएको देखिन्छ।

वित्तीय विवरणका अनुसार, बैंकले समिक्षा अवधिसम्म कुल ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ। सोही अवधिमा बैंकले ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस आधारमा बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) ८६.३५ प्रतिशत रहेको उल्लेख गरिएको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको तोकिएको दायराभित्र रहेको छ।

प्रथम त्रैमासको अन्त्यसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात ४.४१ प्रतिशतमा सीमित रहेको छ, जसले जोखिम व्यवस्थापनमा सुधारको संकेत गर्छ।

गत महिना सम्पन्न बैंकको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

यसमा १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समावेश गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको