Like us!
Follow us!
Connect us!
Watch us!

किन काठमाडौँको मेयर बन्न चाहान्छन् महानायक राजेश हमाल ?

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १६ : ५२ मा प्रकाशित

किन काठमाडौँको मेयर बन्न चाहान्छन् महानायक राजेश हमाल ?

महानायक राजेश हमाल काठमाडाैँ शहरकाे मेयर बन्न इच्छुक देखिएका छन् । उनले बुधबार आफ्नो आधिकारीक युट्युब च्यानलमा 'अ डे विथ राजेश हमाल' नामक भ्लगको ट्रेलर हालेका छन् । साेही भिडियाेमा उनले मेयर बन्ने इच्छा देखाएका छन् । शहरलाई शुन्दर बनाउन कसैको ध्यान नमोडिएको अवस्थामा उनलाई आफू मेयर बनी शहर सजाउन मन लागेको छ ।

भिडियाेमा उनले भनेका छन्, "शहरलाई चाहीँ नी खै ब्युटीफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाँही भनिरहेका हुन्छन् प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकी ढङ्ग नपुगेर होकी । एकचोटी काठमाडौँ शहरको मेयर बन्नुपर्छ की क्या हो म ।"

उक्त भिडियोमा उनले शारिरिक व्यायाम गर्दाको सर्ट क्लिप पनि राखेका छन् । उनी भन्छन्, "Everything is Exercise" 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको