विशेष अदालतले सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भ्रष्टाचारको दोषी ठहर गर्दै आठ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
अदालतको निर्णयअनुसार, थापाले ताल निर्माण परियोजनामा संलग्न रहँदा भ्रष्टाचार गरेको प्रमाणित भएको हो। गत साउन २१ गते विशेष अदालतले थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी–नोक्सानी पुर्याएको ठहर गरेको थियो।
विशेष अदालतले बिहीबार थापा, पोखरेल र पौडेल तीनै जनालाई आठ वर्ष कैद सजायसहित जनही १० करोड रुपैयाँ जरिवाना तोकेको छ।
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम, तीनै प्रतिवादीले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति रकम पीडित राहत कोषमा बुझाउनुपर्ने आदेश दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस