Like us!
Follow us!
Connect us!
Watch us!

डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १८ : ५१ मा प्रकाशित

डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान

डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यलाई रिपोटर्स क्लवले बिशेष सम्मान गरेको छ । क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा आचार्यलाई प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान गरेका हुन् । 

 डिस होममार्फत नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई बिशेष सम्मान गरेको क्लवले जनाएको छ । उहाँको सम्मान पत्रमा लेखिएको छ-‘विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील सबैभन्दा सफल र ठूलो कम्पनी डिसहोम मिडिया नेटवर्कको कुशल नेतृत्व गरेबापत तपाईंलाई रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवका अवसरमा विशेष सम्मान गरिएको छ । तपाईंको उत्तरोत्तर प्रगतिको शुभकामना ।’

6245a8f2359fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको