Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले थप घटाए ब्याजदर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

अर्थ संसार

विहीबार, ३२ असार २०८३, ११ : २३ मा प्रकाशित

बैंकहरुले थप घटाए ब्याजदर, अब कुन बैंकमा कति पाइन्छ ब्याज ?

साउन महिनाका लागि नेपालका २० वटै वाणिज्य बैंकहरूले नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार असारको तुलनामा साउनमा निक्षेपको औसत ब्याजदर थप ओरालो लागेको देखिन्छ।

तथ्यांक अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम औसत ब्याजदर असारको ४.२६ प्रतिशतबाट घटेर साउनमा ४.१७ प्रतिशतमा सीमित भएको छ। संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ३.१८ प्रतिशतबाट ओरालो लाग्दै ३.१२ प्रतिशतमा ओर्लिएको छ। यस पटक ब्याजदर घटाउने मामलामा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ।जसले व्यक्तिगततर्फ ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुसम्मको कटौती गरेको छ।

यसैगरी, ग्लोबल आइएमई बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.५ प्रतिशतविन्दुले घटाएर ४ प्रतिशत कायम गरेको छ।

अन्य बैंकहरूमध्ये एनएमबि बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशतविन्दु तथा कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले अधिकतम ब्याजदर घटाएका छन्। यता नेपाल बैंक भने संस्थागत निक्षेपको ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशतमै यथावत् राख्दै संस्थागत निक्षेपको दर १ प्रतिशतविन्दुले वृद्धि गरी ४ प्रतिशत पुर्‍याएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको