Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, १५ : ५७ मा प्रकाशित

सिन्धु विकास बैंकको रक्तदान कार्यक्रम सम्पन्न

सिन्धु विकास बैंक लिमिटेडको पाँचखाल, काभ्रेपलाञ्चोक शाखाले चैत्र १८ गते (शुक्रबार)का दिन सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो । 

उक्त खुला रक्तदान कार्यक्रममा पाँचखाल नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब १०६ जनाले रक्तदान गरेका थिए । 

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको