Like us!
Follow us!
Connect us!
Watch us!

अर्थविद्हरुको चिन्ताः अर्थतन्त्र सुधारमा सरकारले चासो नदिँदा श्रीलंकाको झल्को आयो

पत्रपत्रिका

बुधबार, २३ चैत्र २०७८, ०७ : ४६ मा प्रकाशित

अर्थविद्हरुको चिन्ताः अर्थतन्त्र सुधारमा सरकारले चासो नदिँदा श्रीलंकाको झल्को आयो

अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदा समेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता जाहेर गरेका हुन्।

अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरु राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए। उनले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताए। अर्थविद् खनालले नेपालको अर्थतन्त्रमा एकातिर अर्थतन्त्र ह्रासमुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने किसिमको जटिल भ्रुणहरु देखिएको बताए। उनले अर्थविद्हरुले देशको अर्थतन्त्र गम्भीर रहेको कुरा बारम्बार भनेपनि सरकारका जिम्मेवार व्यक्तिहरुले यसमा चासो नदिएको बताए। जिम्मेवार पक्षले समेत अर्थतन्त्र सुधारमा चासो नदेखाउँदा श्रीलंकाको झल्को आएको बताए।

त्यस्तै अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताए। उनले नेपालमा अहिले अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभइरहेको भन्दै यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने बताए। अर्थविद् प्याकुरलले नेपालमा पनि राजनीतिक दलहरुमा परिवारवादलाई छोड्न नसकेकोले सानो भ्रष्टाचार मात्रै बाहिर आउने गरेको बताए। उनले ठूला भ्रष्टाचारका मुद्दाहरुको सुनुवाइ नहुँदा अर्बौं रुपैयाँ फ्रिज भइरहेको बताए।

त्यस्तै अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा यसको गम्भीर संकट देखिएको बताए। उनले भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भइसकेको बताए। अर्थविद् अधिकारीले नेपालको अर्थतन्त्रमा पनि धेरै अनिश्चितता आइसकेको भन्दै यसको अग्र पंक्तिमा श्रीलंका देखा परेको बताए।

अर्थविद् अधिकारीले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र अन्य मन्त्रालयहरु मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तिय नीतिबाट हस्तक्षेप गर्नुपर्ने सुझाव दिए। उनले विदेशबाट आउने विप्रेषण किन घट्यो भन्ने कुरा पत्ता लगाउन जरुरी रहेको बताए। नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको