Like us!
Follow us!
Connect us!
Watch us!

बनिसकेको मौद्रित नीतिको ड्राफ्टमा पुनः छलफल हुँदै

लोकेन्द्र ढकाल

मंगलबार, ०३ साउन २०७९, १५ : २८ मा प्रकाशित

बनिसकेको मौद्रित नीतिको ड्राफ्टमा पुनः छलफल हुँदै

नेपाल राष्ट्र बैकको व्यवस्थापन समितिले छलफल सकेर तयार पारेको मौद्रित नीतिको ड्राफ्टमा पुनः छलफल शुरु गरेको छ । सोमबार मात्र राष्ट्र बैक व्यवस्थापन समितिले लामो छलफल पछि मौद्रित नीतिको मस्यौदा मानिने ड्राफ्ट तयार पारेको थियो ।

तयार भएको ड्राफ्टलाई व्रिफीङ गराउन अर्थ मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष्य लाने तयारीमा  गभर्नर महाप्रसाद अधिकारी थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरसँग ब्रिफीङ लिन चाहेनन् । 

प्रधानमन्त्री देउवाले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी हुन् भनी सर्वत्र विरोध भएपछि नैतिकताको आधारमा गभर्नरको राजिनामा दिनु पर्ने बताएका थिए । आफुले राजिनामा मागेकोसँग ब्रिफीङ नलिने मोडमा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री सचिवालय अनुसार गभर्नरलाई सन्तुलित किसीमको मौद्रित नीति ल्याउन बालुवाटार स्रोतले पुनः सुझाएको बुझिएको छ ।

निबर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय छानविन समितिले प्रारम्भिक छानविनको क्रममा सिसिटीभी फुटेजमा केही नदेख्नु, एमाले अर्थ तथा योजना समितिका एम अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी हुन भनी लागेका आरोप सेलाउँदै जानु र तयार भैसकेको मौद्रिक नीतिको ड्राफ्ट पुनः खोली रास्ट्र बैक ब्यवस्थापन समितिमा छलफल (रि–राइट) गरिनुलाई विकसित राजनीतिक घटनाक्रममा अर्थपूर्ण  रुपमा लिन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको