Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाइफले विशेष साधारणसभा आवहान, पुँजी वृद्धि र आईपीओ निष्कासन गर्ने

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, ०८ : २५ मा प्रकाशित

महालक्ष्मी लाइफले विशेष साधारणसभा आवहान, पुँजी वृद्धि र आईपीओ निष्कासन गर्ने

 महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा यही वैशाख २५ गते काठमाण्डौको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट डाकेको हो। 

सभाले कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित पनि अनुमोदन गर्नेछ।

सभाले पुँजी भएबमोजिम सर्वसाधारणलाई छुट्याइएको सेयर सार्वजनिक निष्कासन (आईपीओ) गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

 

62621f0c504e6.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको