Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ नआएको महालक्ष्मी लाइफ र नेप्सेमा कारोबार हुने प्रभु लाइफ इन्स्योरेन्स बिच मर्जर सम्झौता

अर्थ संसार

विहीबार, ३० असार २०७९, १९ : २० मा प्रकाशित

आइपिओ नआएको महालक्ष्मी लाइफ र नेप्सेमा कारोबार हुने प्रभु लाइफ इन्स्योरेन्स बिच मर्जर सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

मर्जर पछि कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा रहने र आपसमा गाभिए पछि  कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहने संझौतामा उल्लेख छ।  
मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

यी दुई कम्पनी मध्य महालक्ष्मी लाइफ इन्स्योरेन्सको आइपिओ अहिले सम्म आएको छैन भने प्रभु लाइफको भने नेप्सेमा कारोबार हुने गरेको छ।  बिहिबार प्रभु लाइफको अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँ रहेको छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको