Like us!
Follow us!
Connect us!
Watch us!

जिम्बावे विरुद्ध टी–ट्वान्टी रिसीज खेल्ने नेपाली टोलीको घोषणा

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १२ : ५४ मा प्रकाशित

जिम्बावे विरुद्ध टी–ट्वान्टी रिसीज खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे विरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट  टोलीको घोषणा गरेको हो । क्यानले शुक्रबार जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । 

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला छन् ।

यही टिमबाट खेलका लागि सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ । नेपाल र जिम्बावे  ‘ए‘ बीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेल हुने छ। सिरिज वैशाख १७ गते त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ। १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको