Like us!
Follow us!
Connect us!
Watch us!

सुडानमा भएको हिंसामा परी १६८ जनाको मृत्यु

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १६ : ५९ मा प्रकाशित

सुडानमा भएको हिंसामा परी १६८ जनाको मृत्यु

सुडानको डार्फरमा प्रतिद्वन्द्वी समूहहरू बीचको झडपमा कम्तिमा १ सय ६८ जनाको मृत्यु भएको छ । स्वतन्त्र सहायता समूह जनरल कोर्डिनेशन फर रिफ्युजी एन्ड डिस्प्लेस्डका प्रवक्ता एडम रेगललाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार डार्फरमा भएको हिंसामा अरु ९८ जना घाइते भएका छन् ।

उनका अनुसार बिहीबार पश्चिमी डार्फर प्रान्तको राजधानी गेनेनाबाट ३० किलोमिटर पूर्वमा रहेको क्रेइनिक क्षेत्रमा अज्ञात हतियारधारीले दुई जनाको हत्या गरेपछि हिंसा शुरु भएको हो । पछि हिंसा गेनेनासम्म फैलिएको थियो । सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर तथा भिडियोहरुमा डार्फरका विभिन्न स्थानमा जलिरहेका घरबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।
पछिल्लो आक्रमणमा सरकार समर्थित ‘जन्जविद’ नामक लडाकु समूहको हात रहेको सहायता समूहले आरोप लगाएका छन् । अरब जातीको वर्चश्व रहेको यस समूहले सन् २००० यता जातीय अल्पसंख्यकविरुद्ध दमन गर्दै आएको बताइन्छ ।

यसबाहेक यो समूहका धेरै सदस्यहरु सुडानको र्यापिड सपोर्ट फोर्स’ नामक अर्धसैनिक बलमा समावेश भएको अल जजीराले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको