Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी धनवृद्धि योजनामा आवेदन दिने समय थप, अब कहिलेसम्म ?

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, ०६ : ३१ मा प्रकाशित

कुमारी धनवृद्धि योजनामा आवेदन दिने समय थप, अब कहिलेसम्म ?

कुमारी क्यापिटल लिमिटेडले निष्काशन गरेको कुमारी धनवृद्धि योजनामा आवेदन दिने समय थप भएको छ । कम्पनीले जेठ १२ गतेदेखि आवेदन खुला गरेकोमा अहिलेसम्म माग बमोजिम आवेदन नपरेकाले जेठ २६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ तर २६ गते अघि नै माग बमोजिम आवदन परेमा आबेदन बन्द समेत गरिने छ । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटलले जनाएको छ। 

योजनाले लगानीकर्ताहरुलाई बार्षिक २२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने प्रक्षेपण गरेको छ । 

 कति दिने आवेदन ?

यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले अब जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । तर २६ गते अघि नै माग बमोजिम आवदन परेमा आबेदन बन्द समेत गरिने छ । 

अवधि ? प्रकार 
१० वर्ष / बन्दमुखी योजना 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

629566d227d6e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको