Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको चर्को विरोधपछि योगेश भट्टराईको स्पष्टिकरण-‘मैले संसदमा ४/१२ सही छ भनेको होईन’

अर्थ संसार

शुक्रबार, २७ जेठ २०७९, ०६ : ०४ मा प्रकाशित

लगानीकर्ताको चर्को विरोधपछि योगेश भट्टराईको स्पष्टिकरण-‘मैले संसदमा ४/१२ सही छ भनेको होईन’

नेकपा एमालेका सचिव एबं प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आँफँले संसदमा बोल्दा सेयर कर्जामा लगाएको ४/१२ को नितीको समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले आफ्नो फेसबुक मार्फत यस्तो स्पष्टिकरण दिएका हुन् । 

विहिबारको संसद बैठकमा उनले सेयर बजारका बिषयमा बोलेका थिए । उनले ४/१२ को सिमा खारेज हुनुहुँदैन भनेको भन्दै सामाजिक सञ्जालमा लगानीकर्ताहरुले उनको चर्को बिरोध नै गरेका थिए । 

सामाजिक सञ्जालमा उनले लेखेकाछन् ‘शेयर बजारका बारेमा आज प्रतिनिधिसभाको बैठकमा मैले ब्यक्त गरेको बिचारमा कतिपयमा बुझाईमा प्रस्ट नभएको देखिएकाले थप स्पस्ट गरेको छु ।   मेरो भनाई  शेयर धितोको सीमा ४ र १२ करोड गर्नुको तर्क केहो रु यो सीमा घटाऊनु वा बढाउनुको तार्किक आधार केहो रु यस बिषयमा कुनै पनि निर्णय गर्दा शेयर बजारका लगानीकर्ता र पुंजी बजारका विज्ञ सहितको राय र सहमतिमा गर्नु पर्दछ । साथै लगानीकर्ताको धितोको भार प्रयाप्त छ र बैंकले रिण प्रावाह गर्न तयार छ भने सीमा किन तोक्नु पर्यो ? मेरो भनाईलाई यसरी नै बुझिदिन अनुरोध गर्दछु ।’

62a28f48eabad.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको