Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको प्रस्ताव सहित सानिमा जनरल इन्स्योन्सले डाक्यो विशेष साधारणसभा, बुक्लोज कहिले ?

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, ०७ : ०३ मा प्रकाशित

मर्जरको प्रस्ताव सहित सानिमा जनरल इन्स्योन्सले डाक्यो विशेष साधारणसभा, बुक्लोज कहिले ?

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा यही असार १५ गते काठमाण्डौको धुम्र बराह पार्टी प्यालेस धुम्बाराहिमा बिहान १० बजेबाट डाकेको हो ।

सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्यांकन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मजर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ असार ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ यसर्थ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

62a6920361a6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको