Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यबासिनी हाइड्रोकाे आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, ११ : २५ मा प्रकाशित

बिन्ध्यबासिनी हाइड्रोकाे आईपीओ बाँडफाँड कहिले ? यस्तो छ बिक्री प्रबन्धकको जवाफ

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।

क्यापिटलका अनुसार हाल उक्त आईपीओको डाटा भेरिफिकेसनको काम चलिरहेको छ । प्रि-अलटमेन्ट सम्पन्न गरी सकेसम्म यसै साता बाँडफाँड गर्ने तयारी भइरहेकाे क्यापिटलले अर्थ संसारलाई जानकारी दिएकाे छ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म १८ लाख ४८ हजार ७ सय १ जना लगानीकर्ताले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरकाे २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको लागि भन्दा १६.०९७ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा वितरण गरिनेछ । गाेलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको