Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीका लगानीकर्ताले बुझाए सरकारलाई ज्ञापनपत्र

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १५ : ३८ मा प्रकाशित

गुल्मीका लगानीकर्ताले बुझाए सरकारलाई ज्ञापनपत्र

गुल्मीका लगानीकर्ताहरूले जिल्ला प्रशासन कार्यालय, गुल्मीलाई लगानीकर्ताहरूकाे १९ बुँदे माग समेटिएकाे ज्ञापनपत्र बुझाएका छन् ।

लगानीकर्ताहरू तारा भुसाल , बिरेन्द्र भुसाल,  नारायण आचार्य, श्याम क्षेत्री, हरी प्रसाद  भुसाल लगायतका लगानीकर्ता मिली गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाैडेल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

१९ बुँदे मागहरू समेटिएका ज्ञापनपत्रमा  मुख्य बुँदाहरु  ब्राेकर लाईसेन्स दिने, ४/१२ लाई  तुरुन्तै संशाेधन गर्ने, सरकारले पूँजी बजारलाई प्राथमिकतामा नराखेकाे हुनाले प्राथमिकतामा राखी तत्काल सम्बाेधन गर्ने लगायत छन् ।

काठमाडाैँमा तिलक काेईरालाकाे संयाेजकत्वमा आन्दाेलन जारी गरिएकाेमा उनले राखेका मागहरुमा पुर्ण समर्थन जनाउँदै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाईएकाे हाे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको