Like us!
Follow us!
Connect us!
Watch us!

कपडा वितरण गर्दै सन नेपाल लाईफ गुल्मी शाखाले मनायो पाँचौ वार्षिकोत्सव

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १७ : १७ मा प्रकाशित

कपडा वितरण गर्दै सन नेपाल लाईफ गुल्मी शाखाले मनायो पाँचौ वार्षिकोत्सव

गुल्मी सदरमुकाम तम्घासमा असंरक्षित सडक बालबालिकालाई व्यवस्थापन गरिएको छ । बजारमा डुलीडुली हिँड्ने र बजारमा व्यक्तिहरुसँग पैसा माग्दै हिड्ने करिब  १८ जना बालबालिकालाई जिल्लाको महेन्द्र मा वि मा व्यवस्थापन गरिएको छ । महेन्द्र मा वि मा रहेको स्काउट भवनमा ती बच्चाहरुलाई व्यवस्थापन गरिएको हो ।

६ महिनासम्म कार्यक्रम सञ्चालन गर्दा पढाइमा भन्दा चरित्र निर्माणमा जोड दिने लक्ष्य रहेको छ । पढ्नु पर्छ, सडकमा माग्दै हिडनु हुँदैन, नचिनेको मान्छेले दिएको कुरा खानु हुँदैन, अनुशासित बन्नु पर्दछ भन्ने जस्ता कुराहरु सिकाएर बिस्तारै नजिकको विद्यालयमा उपयुक्त कक्षामा भर्ना गरी पठाउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

मिति २०७९ असोज ६ गतेका दिन कम्पनीको पाँचौ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मी शाखाबाट सडक बालबालिकाका लागि न्यानो कपडा तथा फलफूल वितरण गरिएको छ । उनीहरुका अभिभावकले बच्चाहरु प्रति अपनत्व नलिएको र पढ्ने लेख्ने उमेरमा बजारमा माग्दै डुल्दै गरेको कारण उनीहरुलाई छुट्टै व्यवस्थापन गर्नु परेको हो ।

उक्त कार्यक्रम महेन्द्र नमुना मा वि का प्र.अ. कृष्णप्रसाद मरासिनीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम  पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । प्रमुख अतिथिले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रम प्रभावकारी भएको भन्दै सन नेपाल लाईफ ईन्स्योरेन्सलाई धन्यवादका साथ सन नेपालको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । महेन्द्र नमुना माविका प्रअ कृष्ण प्रसाद मरासिनीले सन नेपाल लाईफले गरेको कार्यको प्रशंसा गर्दै कम्पनी तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल लगायत गुल्मी शाखालाई धन्यवाद व्यक्त गरेका थिए ।

शाखा प्रमुख सन्तोष कुँवर क्षेत्रीले कार्यक्रम सञ्चालन गर्ने क्रममा बालबालिका व्यवस्थापनको महत्वपूर्ण कार्यमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा सबै बालबालिकालाई निलो रंगको स्वीटर वितरण गरिएको थियो । सोही अवसरमा महेन्द्र मा वि बाट बालबालिकाका लागि पुस्तक र कापी लगायत स्टेशनरी समेत वितरण गरिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको