Like us!
Follow us!
Connect us!
Watch us!

‘आमरण अनशनलाई केही स्वार्थ समूहले दुरुपयोग गर्न खोज्दैछन्, १९ बुँदे कार्यन्यन नभएसम्म टुंगिन्न’

अर्थ संसार

आइतबार, ०५ असार २०७९, ०६ : ५५ मा प्रकाशित

‘आमरण अनशनलाई केही स्वार्थ समूहले दुरुपयोग गर्न खोज्दैछन्, १९ बुँदे कार्यन्यन नभएसम्म टुंगिन्न’

पूँजीबजार सुधार र विस्तारका विभिन्न १९ बुँदे मागसहित आमरण अनशन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले आमरण अनशनलाई केही स्वार्थ समूहले दुरुपयोग गर्न खोजेको भन्दै १९ बुँदे सबै काम नभएसम्म अनशन नटुंगिने बताएका छन् । 

उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेकाछन् आमरण अनशनलाई केही स्वार्थ समूहले दुरुपयोग गर्न खोज्दैछन् भन्नेमा सचेत छु, १९ बुँदे सबै काम नभएसम्म अनशन कुनै हालतमा टुंगिन्न । 

जेठ २३ गते देखि संघर्ष समितीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आइरहेको छ । ५ दिन देखि अनशनरत कोइरालाको स्वास्थ थप जटिल बन्दै गइरहेकोले थप सचेत बन्नु पर्ने चिकित्सकले बताएका छन् । 

62ae77f07e83e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको