Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोईरालाको मिर्गौला फेल हुनसक्ने चिकित्सकको चेतावनी

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १५ : ११ मा प्रकाशित

तिलक कोईरालाको मिर्गौला फेल हुनसक्ने चिकित्सकको चेतावनी

पूँजीबजार सम्बन्धी १९ बुँदे माग राख्दै आमरण अनसनमा बसेका सेयर लगानीकर्ता तिलक कोईरालाको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गएको छ। कोईरालाको स्वास्थ्य परिक्षणमा संलग्न डाक्टर अजित मल्लिकका अनुसार विगत २४ घण्टादेखि पिसाब नभएको, मुटुको चाल न्यूनतम ७० हुनुपर्नेमा ५३ रहेको, प्रेसर १२०/८० हुनुपर्नेमा ९०/६० रहेको हुँदा अवस्था निकै गम्भीर हुँदै गएको उनले बताए।  

मधुमेहको रोगी कोईरालाको स्वास्थ्य स्थिति निकै नाजुक बन्दै गएको र जुनसुकै बेला पनि मिर्गौला फेल हुनसक्ने अवस्था रहेको पनि डाक्टर मल्लिकले बताए।  आफुले पटक पटक अस्पताल भर्ना हुन सल्लाह दिएको भए तापनि कोईरालाले अस्पताल भर्ना हुन अस्विकार गरेको पनि डाक्टर मल्लिकले अर्थसंसारलाई बताए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको