Like us!
Follow us!
Connect us!
Watch us!

साउनबाट मर्जर र एक्विजिशनका नाममा सेयर कारोबार रोक्का हुँदैनः अध्यक्ष हमाल

अर्थ संसार

बुधबार, ०८ असार २०७९, ०६ : ५३ मा प्रकाशित

साउनबाट मर्जर र एक्विजिशनका नाममा सेयर कारोबार रोक्का हुँदैनः अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आगामी साउनदेखि मर्जर र एक्विजिशनका नाममा कुनै पनि कम्पनीको सेयर कारोबार रोक्का नहुने बताएका छन् । मंगलबार धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा हमालले यस्तो बताएका हुन् । 

‘अहिले मर्जर र एक्विजिशनका नाममा बर्षोसम्म लगानीकर्ताको सम्पती बन्धक भएको छ यो लगानीकर्तामाथिको अन्याय पनि हो मैले नै पहिलो पटक अब मर्जर र एक्विजिशनका नाममा कारोबार रोक्का हुनु हुँदैन भनेको थिए’ अध्यक्ष हमालले भने ‘अहिले यो बिषयमा हामिले राष्ट्र बैंकसंग कुराकानी गरिसकेका छौ राष्ट्र बैंकको एउटा ऐन संसोधन गर्नुपर्ने देखिएको ले साउन अन्तिम तिरबाट त्यो संसोधन पनि कम्पनीको कारोबार रोक्का हुने छैन ।’

 उनले १९ बुँदेमा समावेश भएका कतिपय मागहरू सम्बोधनका लागि बोर्डले कार्य सुरू गरिसकेको बताएका छन् । यसैगरी, बोर्डले अन्य मागहरू सम्बोधन गर्न पनि सम्बन्धित निकायमा पहल गरेको उनले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको