Like us!
Follow us!
Connect us!
Watch us!

काठमांडौ महानगरमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन पर्ने, नगरे कारवाही

अर्थ संसार

विहीबार, ०९ असार २०७९, ०७ : ५४ मा प्रकाशित

काठमांडौ महानगरमा साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन पर्ने, नगरे कारवाही

काठमांडौ महानगरपालिकाले सम्पुर्ण नगरबासीहरुलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । आज बिहिबार महानगरको वातावरण तथा कृषि विभागले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउन जिम्मा फाहोर उत्पादनकर्ताको नै भएकोले छुट्याउन आग्रह गरेको छ यदि कसैले नछुट्यायमा कानुन बमोजिम कारवाहि समेत हुने जनाएको छ । 

'काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन. २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार २०७९ साल साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्नुहुन सम्पूर्ण महानगरवासीलाई बिनम्र अनुरोध छ । उक्त व्यवस्था अनुसार | जैविक (कुहिने) र अजैविक (नकुड़ने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकोले फोहोर पृथकीकरण गरी जैविक (कुहिने फोहोर सश्कलन गर्न आउने दिन जैविक कुहिने फोहोर मात्रै सङ्कलन गर्ने | अजैविक (नकुहिने फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने फोहोर मात्र सङ्कलन गर्ने जानकारी गराइन्छ । यसरी स्राेतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७३ को दफा ५१ (य) तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने छ' सूचनामा भनिएकाे छ । 

काठमांडौका मेयर बालेन्द्र शाहले निर्वाचनको घोषणपत्रमा नै फोहोरलाई कुहिने र नकुहिनेमा बर्गिकरण गरि कुहिने फोहोरलाई सदुपयोग गर्न सकिने अवधारणा सार्वजनिक गरेका थिए । 

यस्ताे छ सूचनाः

62b3cd2d4772f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको