नेपाल वायुसेवा निगमका पूर्व महानिर्देशक सुगतरत्न कंसाकारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् । कंसाकारले सामाजिक सञ्जालमार्फत सर्वोच्चमा पुनरावेदन दिएको जानकारी गराएका हुन् ।
उनले वाईडबडी विमान खरिदको सम्बन्धमा भए गरेका प्रमाण लुकाउने, अभियोजनको उद्देश्य विपरितको प्रमाणको गलत विश्लेषण गर्ने बरु कृतिम ढंगबाट प्रमाण सृजना गरी अख्तियारबाट मुद्दा दायर भएकोमा विशेष अदालतले पनि गम्भिर र समुचित व्याख्या विश्लेषण नगरी फैसला गरेको आधार प्रमाण सहित सर्वोच्चमा पुनरावेदन गरेको बताएका छन् । ‘आफू लगायत अन्य प्रतिवादीलाई समेत सफाई प्रदान गरी इन्साफ दिलाई पाउँ भनि पुनरावेदनपत्र पेश गरेको छु,’ उनले लेखेका छन् ।
‘१७ वर्षको अवधिमा म नै निगमको कार्यकारी प्रमुख हुँदा दुईपल्ट टेण्डर गरी विदेशी पर्यटक संख्या बढाउन राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय सेवा विस्तार गर्न अनिवार्य रूपमा चाहिने जेट विमानहरु खरिद गर्न खोज्दा विभिन्न निकायहरुबाट अवरोध सृजना गरी निगम कर्मचारीहरुलाई विमान खरिद गर्न निरुत्साहित तुल्याउन खोज्दा सम्मानित सर्वोच्च अदालतबाट दुईपल्ट निगमलाई न्याय दिएको थियो । यसपाली पनि सम्मानित सर्वोच्च अदालतले न्याय दिन्छ भनेर म ढुक्क भएर बसिरहेको छु,’ उनले लेखेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस