Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट परिमार्जित निषेधाज्ञा कार्यन्वयन, कुन बार के खुल्छ ?

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, ०६ : २१ मा प्रकाशित

आजबाट परिमार्जित निषेधाज्ञा कार्यन्वयन, कुन बार के खुल्छ ?

आजबाट काठमांडौमा जारी निषेधाज्ञा केहि परिमार्जन सहित कार्यन्यन हुने भएको छ ।

असार ६ गते (आइतबार) बसेको उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमाडौँका सिडिओहरुको बैठकले उपत्यकामा जारी निषेधाज्ञा केहि परिमार्जनसहित एक साता थप गर्ने निर्णय गरेको थिए ।  

अहिले संक्रमण दर केहि कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । हालसम्म पनि काठमाडौँमा भने संक्रमणको दर घटेको छैन । 

आजबाट जारी निषेधाज्ञामा निजि सवारीसाधानहरुलाई जोर बिजोर प्रणालीमा चल्न दिईने छ भने ट्याक्सीहरूलाई पनि जोर बिजोर लागू गरेर चलाउन दिइने जनाइएको छ । त्यस्तै आजबाटै जोरबिजोरमै पठाओ र टुटलका सेवापनि सञ्चालन हुनेछन् ।

व्यापार, व्यवसाय तथा पसल सञ्चालनका लागि बार र समय तोकिएको छ । डिपार्टमेन्ट स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, लुगाकपडा, जुत्ता, फेन्सी, कस्मेटिक,  साडी  कुर्ता  र  टेलरिङ  पसलका  लागि  सोमबार, बुधबार र शुक्रबार बिहान ११ देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । 

खाद्यान्न तथा दूध, फलफूल, तरकारी, माछा–मासु, स्टेसनरी, पुस्तक, डिपार्टमेन्ट स्टोर बिहान ११ बजेसम्मका लागि छुट्याइएको समय यथावत् राखिएको छ ।

यस्तै सुन पसल, भाँडा तथा भान्साजन्य, विद्युतीय, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक र कम्प्युटर पसल आइतबार, मङ्गलबार र बिहीबार ११ देखि अपराह्न ४ बजेसम्म तथा निर्माण सामग्री हार्डवेयर, टायल, मार्बल, फर्निचर र कार्पेटिङ पसल दैनिक ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन् ।

विवाहका  लागि  बेहुला–बेहुलीसहित  बढीमा  १०  जना र दुईवटा गाडी प्रयोग गर्न सकिने जनाइएको छ । कार, जिप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा तीन जना राखी जोर–बिजोर दिन सञ्चालन गर्न सकिने छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बीउबिजन, कृषि तथा पशुजन्य सामग्री र प्रेसका सवारी साधन निर्वाध रूपले सञ्चालन  हुने  छन्  ।  

अत्यावश्यक  सेवाका  सामग्री  ढुवानीमा निश्चित समय तोकिएको छ । तरकारी, फलफूल, खाद्य, इन्धनलगायत दैनिक उपभोग्य वस्तु तथा सामग्रीको ढुवानीका लागि राति ८ देखि भोलिको बिहान ११  बजेसम्मको समय निर्धारण गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको