लोकसेवा आयोगले सचिवमा बढुवा गर्न तीन जनाको नाम सिफारिस गरेको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको छ । सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा कार्यरत छन् । भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक रहेका छन् भने घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छिन् । अब मन्त्रिपरिषद् बैठकले तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस