Like us!
Follow us!
Connect us!
Watch us!

नबिल सहित थप ६ कम्पनीले पाए संस्थागत लगानीकर्ताको काम गर्ने अनुमति(१०६ कम्पनीको सुचीसहित)

अर्थ संसार

बुधबार, १५ असार २०७९, १२ : ४६ मा प्रकाशित

नबिल सहित थप ६ कम्पनीले पाए संस्थागत लगानीकर्ताको काम गर्ने अनुमति(१०६ कम्पनीको सुचीसहित)

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताको रूपमा काम गर्न थप ६ कम्पनीलाई स्वीकृति प्रदान गरेको छ । यो सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीको संख्या १०६ पुगेको छ । 

यसअघि बोर्डले पहिलो चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचौ चरणमा ५ वटा र छैठौँ चरणमा २ वटा र सातौ चरणमा ८ वटा र आँठौ चरणमा ५ कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा नबिल ब्यालेन्स फण्ड ३, गौरव नेपाल इन्भेष्टमेन्ट प्रा.ली, पशुपति भेन्चर क्यापिटल प्रा.ली, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ लगानी व्यवस्थाप योजना रहेका छन् । 

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

१०६ कम्पनीको सुची:

62bbf9594fa90.jpg 62bbf9595b3db.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको