पछिल्लो केही समय नेपालमा सेयर बजारमा लगानीकर्ताहरुको संख्या उच्च रूपमा बढीरहेको छ । प्राथमिक बजारमा लगानीकर्ताको संख्या ५० लाख बढी छ भने दोस्रो बजारमा १२ लाख बढीले ब्राेकर खाता खोलिएका छन् भने सक्रिय रूपमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या पनि बढ्दाे छ ।
पछिल्लो समय विश्वव्यापी रूपमा अटोमेसन(Automation) मा आधारित भई विभिन्न कम्पनीहरु सञ्चालन हुँदै आएका छन् । नेपाली सेयर बजार कारोबारको अनुभवलाई स्वचालित ( Smooth) गर्ने सेवा दिने एप हो ‘सेयर हब' (Share Hub) ।
सेयर हब विशेषतः नेपालको शेयरबजार लगानी गर्दा आवश्यक पर्ने सबै सेवा दिँदै आएको छ । एपमा,
पोर्टफोलियो ट्रयाकर र व्यवस्थापन
आधारभूत तथा प्राविधिक विश्लेषण
बल्क आइपीओ चेकर
नेप्से लाइभ
सेयरबजारका समाचार
नयाँ सूचनाको जानकारी
वित्तीय विवरण
लगायतका सेवाहरू छन् । सेयर बजारमा लगानी गर्दा बजारका विभिन्न पक्षहरूमा अध्ययन गर्नुपर्छ। सेयर हबले यी सबै आवश्यक तथ्याङ्कलाई एकै ठाउँमा राखी एपको विकास गरेको छ।
एपका यी सबै सेवाहरू निःशुल्क रहेका छन् । यसकाे प्रयाेग गर्न चाहाँने प्रयोगकर्ताहरुले सेयर हब एपलाई प्ले स्टोर र एप स्टोरमा सर्च गरी डाउनलोड गर्न सक्नुहुन्छ।
एप डाउनलोड गरिसकेपछि त्यसमा अन्य डीभाइसबाट उक्त एपमा गरीरहेको कारोबार एक्सेस गर्न एप साइन अप गर्न सक्नुहुन्छ जसले तपाईंको जानकारीलाई सुरक्षित राख्छ। एपको सर्भिस सेक्सनमा तपाईंले एपले दिने विभिन्न सेवाहरू उपयोग गर्न सक्नुहुन्छ । एपमा तपाईंले राख्नुभएको जानकारी सुरक्षित र गोपनीय रहन्छ ।
यस एपमा तपाईंले अफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न सक्नुहुन्छ भने एपमा दिएको वाचलिस्ट फिचर मार्फत किन्न चाहनुभएको स्टकलाई ट्रयाक गर्न सक्नुहुनेछ।
पछिल्लो समय सेयरबजारमा आइपीओ भर्नेहरुको संख्या उच्च छ। एकै परिवारका सबै जनाले। आइपीओ भर्ने गर्छन् । आइपीओ को नतिजा सार्वजनिक हुँदा यस एपमा धेरै जनाको नतिजा एकैपटक हेर्न मिल्ने सुविधा उपलब्ध गराएको छ । साथै एकपटक सेभ गरेकाे डिम्याट खाताकाे विवरणले हरेक कम्पनीकाे आइपीओकाे नतिजा समेत हेर्न सकिन्छ ।
बजारको कारोबारको जानकारी तथा विश्लेषण गर्न आवश्यक सबै तथ्याङ्क एपको प्रयोग गरी लिन सकिन्छ। एप भित्रनै मेरो सेयर र टिएमएसको लिंक रहेको हुँदा कारोबार गर्न पनि सहज हुन्छ।
एपलाई छिट्टै वेवको रूपमा विकास थप सहज कारोबारको अनुभव दिने कम्पनीका सञ्चालक सागर श्री न्यौपाने बताउँछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस