Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु बने क्यानडाको प्रशिक्षक

अर्थ संसार

बुधबार, ०४ साउन २०७९, १७ : ५२ मा प्रकाशित

नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु बने क्यानडाको प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा घोषणा गरेको दुई घन्टामै पुबुदु दसानायके क्यानडाको प्रशिक्षक नियुक्त भएका छन्। सामाजिक सञ्जालबाट क्रिकेट क्यानडाले उनलाई प्रशिक्षक नियुक्त गरेको जानकारीे दिएको छ। उनी दोस्रो पटक क्यानडाको प्रशिक्षक नियक्त भएका हुन्।

यसअघि पुबुदुले दिउँसो ३ बजे राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका थिए । गत वर्षको मंसिर २५ गते दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका दासानायकेले एक वर्ष नपुग्दै पद त्यागेका हुन्।

टोलीको खराब नतिजाको कारण पछिल्लो समय दबाबमा रहेका उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताएका थिए। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको