Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको आईपीओ भर्नुभयाे ? आज अन्तिम माैका

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, ०६ : ११ मा प्रकाशित

पिपुल्स पावरको आईपीओ भर्नुभयाे ? आज अन्तिम माैका

पिपुल्स पावर कम्पनी लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा  आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २२ गते छिटो अवधिमा आईपिओ बिक्री नभएपछि कम्पनीले आवेदन दिने अवधी लम्बाएर श्रावण ५ गतेसम्म पुर्याएको थियो ।  

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका  ६ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये, इलाम नगरपालिका वडा नं। १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता छुट्याइएको छ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 

लगानीकर्ताहरुले यस आईपीओमा नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको