Like us!
Follow us!
Connect us!
Watch us!

४३ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०७ : १४ मा प्रकाशित

४३ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, वितरणयोग्य मुनाफा कति ?

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४३.८७ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९७ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि २५.६७ प्रतिशतले बढेर ६ अर्ब ३८ करोड ७ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ७ करोड ७५ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ३२.६८ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड ८१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ अर्ब ५७ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ६१ करोड २२ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ९० पैसाबाट बढेर १० रूपैयाँ ५७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको